Section 15
वन संरक्षण क्षेत्र
(१) दफा ११ को अधीनमा रही मन्त्रालयले प्रदेश मन्त्रालयको परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी देहायको राष्ट्रिय वनको कुनै भाग तथा सम्बन्धित भू-परिधीय क्षेत्रलाई सिमाङ्कन गरी विशेष कार्ययोजना बनाई वन संरक्षण क्षेत्रको रुपमा घोषणा गर्न सक्नेछः-

(क) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले वातावरणीय पारिस्थितिकीय वैज्ञानिक

वा सांस्कृतिक महत्वको

(ख) जलाधार संरक्षणको हिसाबले संवेदनशील देखिएको,

(ग) संरक्षित क्षेत्र बाहिर रहेका वन वनस्पति तथा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापन गर्न आवश्यक रहेको, वा

(घ) पर्यापर्यटनको विकास गर्न उपयुक्त देखिएको । स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि "भू-परिधीय क्षेत्र" भन्नाले वन तथा वनसँग अन्तरसम्बन्धित समुदाय क्षेत्र तथा प्राकृतिक स्रोत सम्झनु पर्छ।

(२) उपदफा (१) बमोजिम स्वीकृत भएको कार्ययोजनाको कार्यान्वयन डिभिजन वन कार्यालयले गर्नेछ।